अफगानिस्तानमा सडक दुर्घटना, १० जनाको मृत्यु
बिहीबार, १५ असोज २०७७, २२ : ३०
एजेन्सी । अफगानिस्तानको हेरात कान्दाहार राजमार्गमा बिहीबार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको छ । बिहीबार अफगानिस्तानको हेरात प्रान्तका गभर्नरका प्रवक्ताले सो कुराको जानकारी दिएका हुन् । उनले उक्त राजमार्गमा बिहीबार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको बताएका हुन् ।
प्रवक्ता जिलानी फराहादले बिहीबार बिहान हेरात प्रान्तको पश्चिमी सडकमा सो दुर्घटना भएको जानकारी दिए । उनले सो प्रान्तको दादर्सन जिल्लाको तपाखाई भन्ने स्थानमा सो दुर्घटना भएको बताए ।
उक्त सडकमा गुडिरहेको बस र विपरीत दिशाबाट आएको अर्को सवारी साधन ठोक्किँदा त्यसमा रहेका यात्रुहरुको ज्यान गएको बताइएको छ । सो यात्रामा रहेका पाँच पुरुष, तीन महिला र दुई बालबालिकाको ज्यान गएको बसमा रहेका केही यात्रु घाइते भएका पनि समाचारमा जनाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण