अफगानिस्तानमा सडक दुर्घटना, १० जनाको मृत्यु
बिहीबार, १५ असोज २०७७, २२ : ३०

एजेन्सी । अफगानिस्तानको हेरात कान्दाहार राजमार्गमा बिहीबार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको छ । बिहीबार अफगानिस्तानको हेरात प्रान्तका गभर्नरका प्रवक्ताले सो कुराको जानकारी दिएका हुन् । उनले उक्त राजमार्गमा बिहीबार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको बताएका हुन् ।
प्रवक्ता जिलानी फराहादले बिहीबार बिहान हेरात प्रान्तको पश्चिमी सडकमा सो दुर्घटना भएको जानकारी दिए । उनले सो प्रान्तको दादर्सन जिल्लाको तपाखाई भन्ने स्थानमा सो दुर्घटना भएको बताए ।
उक्त सडकमा गुडिरहेको बस र विपरीत दिशाबाट आएको अर्को सवारी साधन ठोक्किँदा त्यसमा रहेका यात्रुहरुको ज्यान गएको बताइएको छ । सो यात्रामा रहेका पाँच पुरुष, तीन महिला र दुई बालबालिकाको ज्यान गएको बसमा रहेका केही यात्रु घाइते भएका पनि समाचारमा जनाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर