कपिलवस्तुबाट आधा किलो सुनसहित युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो ।
लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा मायादेवी गाउँपालिका–७ बनकसियामा गुप्ताको साथबाट आधा किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । गुप्ताले कम्मरमा बाँधेको नीलो रङको थैलीभित्र २४ क्यारेट सुन ४३ तोला, १८ क्यारेट सुनको सिक्री एक तोला ४७ लाल, १८ क्यारेट सुनको औँठी बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । सुनको बजार मूल्य रु ४२ लाख तीन हजार ९६ रहेको प्रहरीको भनाइ छ । गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल’मा डा.सुमीले जितिन् दुई अवार्ड
-
चिकित्सकहरू ३५ दिनदेखि निरन्तर आन्दोलनमा
-
विराट कोहलीको पोष्टरअघि बोकाको बली दिएको आरोपमा तीन समर्थक पक्राउ !
-
हानिया आमिर र माहिरा खानले भारतलाई भने कायर
-
मलेसिया कामदार पठाउन मेनपावर व्यवसायीबिच सिन्डिकेटको प्रयास
-
ट्रम्प सामु कार्नीले हाकाहाकी भने ‘क्यानडा बिकाऊ छैन’