सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब लकडाउन गर्ने योजना छैन: स्वास्थ्य मन्त्रालय

शुक्रबार, १६ असोज २०७७, १९ : ५७
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको थियो ।  यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएपछि सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारलाई बन्दाबन्दी गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको थियो । 

तर अहिले स्वास्थ्य मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न सकिने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारेका छन् । सरकारको सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि नीजि स्वास्थ्य संघ–संस्था र होटेलमा सक्रिय सङ्क्रमितलाई राख्ने योजना रहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप