कमजोर मन्त्रालयको जिम्मा दिए पनि शक्तिशाली बनाउने छु : सांसद बानियाँ
जुम्ला । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने सहमति समेत भैसकेको छ। हाल रहेको २१ मन्त्रालय फुटाएर २४ मन्त्रालय बनाउने सहमति जुटेको छ।
अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ भने ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्रयाएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायातलाई टुक्रयाएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने समझदारी बनेको छ।
अब बन्ने मन्त्रिपरिषद्मा कति नयाँ अनुहार देखिन्छन भन्नेमा प्रचण्ड र ओलीमा नै निर्भर गर्दछ । अब बन्ने नयाँ मन्त्रिमण्डलमा केहि पुराना र केही नयाँ अनुहार देखिने छन् ।
यतिबेला देश कोरोनासंग लडिरहेको छ भने एकातिर हेरफेर हुँदै छ। देशमा सर्वसाधारण सामान्य अबस्थामा फर्कने प्रयासमा छन् भने राजनीतिक वृतमा सर्गमी छाएको छ।
अहिले कसैलाई मन्त्रि बन्न र कसैलाई मन्त्रि पद बचाउन शक्ति केन्द्र धाउनमा भ्याइनभ्याइ छ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरे संगै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओली निवासमा बाक्लो भिड नै लाग्ने गरेको छ।
ओलीको नेतृत्वमा सरकार गठन भएको साढे दुई वर्ष पूरा भएको र नेकपाभित्रको शक्ति संघर्षलाई व्यवस्थापन गर्न मन्त्रिपरिषद पुनः गठन गर्न लागिएको हो ।
नेकपाका सांसद मोहन बानियाँले अब बन्ने नयाँ मन्त्रिमण्डलमा आफुलाई पार्टी नेतृत्वले अवसर दिए त्यो मन्त्रालयलाई नमुना बनाउने बताएका छन् ।
सांसद बानियाँले आफुलाई सबैभन्दा कमजोर मन्त्रालयको जिम्मेवारी दिएर अवसर दिए आफुले सम्भालेको मन्त्रालय उत्कृष्ट बनाउने बताए । देशमा बढ्दो भष्ट्राचार नियन्त्रण गर्न उचित व्यवस्थापन आबस्यक रहेको बताउदै भष्ट्राचारमा शुन्य सहनशीलता अपनाउनुपर्नेमा उनले जोड दिए ।
सांसद बानियाँले मन्त्रि छनोट गर्दा गुट र पूर्वसमूहका आधारमा भागबन्डा गर्ने नभई योग्यता, क्षमता र योगदानको आधारमा हुनुपर्ने बताए । अहिले प्रधानमन्त्री ओलीले सरकार असफल भएको आरोप बेहोर्नु परिरहेको छ ।
सांसद बानियाँ राजनीतिमा परिचित नाम हो भने उनी कृषि , जडिबुटी तथा परराष्ट्र सम्बन्धित बिषयमा विज्ञ हुन् । नेकपाको आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको हो भने पार्टीभित्रको आन्तरिक विवाद साम्य पार्न र नेताहरूलाई सन्तुलनमा राख्न मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई अहिले छ ।
सांसद बानियाँले संसदमा भष्ट्राचारको बिरुद्दमा चर्को आवाज उठाइरहेका छन् भने सुशासन र कानुनी राज्यको महसुस हुनुपर्ने आवस्यकता रहेको बताएका छन् ।
नेकपाभित्र झण्डै दुई महिनादेखि उत्कर्षमा पुगेको विवादलाई साम्य पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पहिलो चरणमा मन्त्री भएकासहितलाई विदाइ गरेर नयाँ व्यक्तिलाई मन्त्रिपरिषदमा ल्याउने तयारी थालेका छन्।
अब बाहिरिने मन्त्रीमा सुरुमै नियुक्त भएका र पछि नियुक्त भएका गरी मिश्रित हुने बताइएको छ । बाहिरिनेमा पुरानालाई प्राथामिकता दिने बताइएको छ । पार्टीभित्रको शक्ति संघर्षमा भूमिका खेल्न नसक्नेहरु अब मन्त्रीबाट बाहिरिने पक्का छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण