जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षयताकै उच्च
एजेन्सी । जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ । कोरोनाभाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो । जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको छ । जुलाईमा बेरोजगार दर २.९ प्रतिशत रहेकोमा यो अगस्टमा तीन प्रतिशत पुगेको हो ।
तथ्याङ्क विभागका अनुसार सन् २०१७ को मे महिनाको तुलनामा यहाँ बेरोजगार दर ३.१ प्रतिशतले बढेको हो । गत वर्षभन्दा यो वर्ष जापानमा चार लाख ९० हजार बढी व्यक्ति बेरोजगार हुँदा कूल २६ लाख व्यक्ति बेरोजगार बनेका छन् । जापानको श्रम मन्त्रालयका अनुसार अगस्टमा रोजगार उपलब्धता दरमा लगातार आठौँ महिना कमी देखिएको छ । जापानमा सन् २०१४ को जनवरीपछि पहिलो पटक यो रफ्तार आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण