दाङको कोइलाबास नाकाबाट मिनी ट्रकसहित ६२ वटा खसी नियन्त्रणमा
शुक्रबार, १६ असोज २०७७, २३ : ११
देउखुरी । राजश्व छलेर अवैध रूपमा खसी ल्याउँदै गरेको मिनि ट्रकसहित ६२ वटा खसी सशस्त्र प्रहरी बल नेपाल अर्जुनखोलाले नियन्त्रणमा लिएको छ । शुक्रबार राति करिब १० बजे भारतसँग जोडिएको दाङ सिमा नाकाको कोइलाबास हुँदै नेपाल ल्याउँदै गरेको अवस्था रा १ ख १३१५ नम्बरको ट्रक र ६२ वटा खसी नियन्त्रणमा लिएको हो ।
नेपाल भारत सिमा क्षेत्र बन्द भएको मौका छोपी बैकल्पिक बाटोको प्रयोग गरेर भारतबाट संकलन गरि नेपालको सिमा क्षेत्र हुँदै नेपाल ल्याउन लागेको अनुमान गरिएको सशस्त्र प्रहरी बल २९ नम्बर गण (हेकुवा ज्वालामाई गण) भालुवाङ्का एसपी टोपबहादुर खनालले जानकारी दिए ।
उनका अनुसार अवैध खसी नेपाल भित्र्याउने सम्बन्धित व्यक्ति फेला परेको छैन । ट्रकसहित ६२ वटा खसी नेपालगन्ज भन्सार कार्यालयमा अहिले बुझाउने तयारी भएको एसपी खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण