गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिए
शनिबार, १७ असोज २०७७, ०८ : ०५
पोखरा – गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् ।
सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।
प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३९ जना पुगेको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण