ट्रम्पको अस्पतालबाट भिडियो सन्देश, ‘मलाई लाग्छ म चाँडै नै फर्कनेछु’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प हाल वाल्टर रीड अस्पतालमा छन् । उनलाई शुक्रबार अस्पताल लगिएको थियो । उनी अब केही दिन वाल्टर रीड अस्पतालस्थित राष्ट्रपति कार्यालयबाटै काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्ति जारी गर्दै भनेकी छिन् ।
ट्रम्पले अस्पताल भर्ना भएको केही समयपछि नै एक भिडियो सोसल मिडियामा प्रकाशित गरेका छन् । यसमा उनले स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै अबका केही दिन आफ्नो लागि वास्तविक परीक्षण भएको बताएका छन् ।
‘मेरो स्वास्थ्यस्थिती खासै राम्रो थिएन त्यसैले यहाँ आएँ । अहिले म निकै राम्रो महसुस गरिरहेको छु । उहाँहरुले मेरो स्वास्थ्य राम्रो बनाउन असाध्यै मिहिनेत गरिरहनुभएको छ, म जसरी पनि फर्कनैपर्छ किनभने हामीले अमेरिकालाई पुनः महान् बनाउनैपर्छ,’ उनले कार्यालयको अफिस डेस्कमा बसेर भने ।
— Donald J. Trump (@realDonaldTrump) October 3, 2020
यस्तै उनले भने, ‘मलाई लाग्छ, म चाँडै नै फिर्कनेछु । चुनावी अभियान जसरी सुरु भएको थियो, त्यसरी नै समाप्त होस् भन्ने मेरो चाहना छ ।’ विश्वव्यापी रुपमा कोरोनाविरुद्धको अभियानमा आफू प्रतिबद्ध भएको उनले बताए ।
उनले भने, ‘मलाई अमेरिकाबाट शुभकामना पठाउनेहरुलाई धन्यवाद दिन चाहन्छु र विश्वभरीबाट ममाथि सहानुभूति प्रकट गरिदिनेहरुप्रति पनि आभारी छु ।’
‘मलाई लाग्छ नतिजा निकै राम्रो आउनेछ । अबको केही दिनभित्र यसबारे पक्कै थाहा होला । ममाथि माया बर्साउने सबैलाई धन्यवाद,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण