गर्भावस्थाको पाँचौं महिनामा फोटो सेयर गर्दै करिना यसो भन्छिन्
करिना कपुर खानको पाँच महिनाको गर्भावस्था चलिरहेको छ । उनी यतिबेला आफ्नो काममा व्यस्त छिन् । करिनाले हालै आफ्नो फोटो सेयर गरेकी छिन् । फोटोमा उनले लेखेकी छिन्, ‘पाँच महिना र थप बलियो हुँदैछु ।’
भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई मान्ने हो भने करिना आजकाल दिल्लीमा नै छिन् र आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङ गरिरहेकी छिन् । करिनासँग सैफ र तैमुर पनि दिल्लीमा नै छन् । यसका साथै सेटमा करिनाको सुरक्षाको पूरा प्रबन्ध मिलाइएको छ ।
लाल सिंह चड्डामा देखिने छैन करिनाको ‘बेबी बम्प’
साधारणतया पाँच महिनासम्म बेबी बम्प देखिन थालिसकेको हुन्छ । यस्तोमा करिनाले कसरी सुटिङ गरिरहेकी छिन् भनेर प्रश्न उठ्न सक्छ । रिपोर्टका अनुसार करिनाको बेबी बम्प लुकाउनका लागि भिएफएक्सको प्रयोग गरिनेछ ।
दोस्रो गर्भावस्थामा यो गल्ती दोहोराउन चाहन्नन् करिनाः
केही दिन अघि एक अन्तरवार्तामा करिनाले आफूले दोस्रो गर्भावस्थामा पहिलेका केही गल्ती दोहोराउन नचाहेको बताइन् । करिनाले भनेकी थिइन्, ‘तैमुरको समयमा जब म गर्भवती थिएँ तब मलाई धेरैले अत्यधिक खाना खान सुझाए त्यसैले मेरो २५ किलो तौल बढेको थियो । म फेरि त्यहि गल्ती दोहोराउन चाहन्नँ । मलाई त स्वस्थ र फिट रहनुछ । पहिलो पटक गर्भवती हुँदा धेरैले मलाई पराठा खान, घ्यू खान, दुध खान सल्लाह दिनुभयो । अब त म यो भन्छु कि ‘हेर यो सबै कुरा मैले गरिसकेँ’ । मलाई थाहा छ मेरो शरीरलाई के कुराको आवश्यकता छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण