मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आइएमई पे एप १ मिलियन क्लबमा, मोबाइल टप–अप गर्ने एकजनालाई वान प्लस मोबाइल उपहार

आइतबार, १८ असोज २०७७, १४ : १९
आइतबार, १८ असोज २०७७

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ । यस सहित एप डाउनलोड गरेर आफैं वा एजेन्टको सहयोगमा आइएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएका छन् । 

डाउनलोड १० लाख पुगेको अवसरमा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस (ज्ञंं) मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गरिने ग्रुपले जनाएको छ । यो योजना आजैबाट शुरु भई अक्टोबर १५ सम्म कायम हुनेछ । 

विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीति अनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकाल बताउँछन् । आम सेवाग्राहीहरूको विश्वास, आवद्ध व्यवसायीक साझेदारहरूको प्रयास र कर्मचारीहरूको लगनशीलता यो पहुँच विस्तारको मूख्य कारण रहेको ढकालले बताए ।

नेपालमा भर्खरै विकास हुँदै आएको डिजिटल कारोबार अहिले समयको माग हो । एपमार्फत प्राप्त गर्न सकिने सेवालाई विविधिकरण गर्दै सेवाग्राहीहरूको माग अनुरूपका सेवा थप गर्ने कार्यमा कम्पनी निरन्तर आगाडी बढिरहेको छ ।

पछिल्लो समयमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण सामाजिक दूरी कायम गर्नुपर्ने जस्ता सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिटेन्स लगायतका थुप्रै सेवा सेवाग्राहीहरूको पहुँचमा पु¥याउन र एपमार्फत सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्नका लागि ‘आइएमई पे’ ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको छ । 

कम्पनी ब्राण्ड, सन्तुष्ट सेवाग्राहीहरू, समयसमयमा ल्याइने सेवाग्राहीमुखी अफर र स्वदेश तथा विदेशमा विद्यमान व्यापक व्यवसायिक संजालको सुविधाले पनि ‘आइएमई पे’ ले डिजिटल वित्तीय सेवामा आफ्नो अब्बल उपस्थिती जनाउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप