अब अनलाईनमार्फत घरमै खसी
आइतबार, १८ असोज २०७७, १५ : ३८
काठमाडौं । श्रीराम ग्रुप अफ कम्पनीले दशैंका लागि ग्राहकको घरमै खसी पुर्याउने योजना ल्याएको छ । अनलाइन खसी डटकमबाट ग्राहकले खसी छनोट गरेपछि त्यसलाई घरमै पुर्याउने व्यवस्था कम्पनीले गर्नेछ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा मात्र यो सेवा उपलब्ध हुने कम्पनीका बजार व्यवस्थापक ईश्वर ढकालले जानकारी दिए ।
सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, उदयपुरमा स्थानीय कृषकले पालेको लोकल खसी अनलाइन खसी डट कम मार्फत खरिद गर्न सकिने उनले बताए । खसी खरिदका लागि सुरुमा ग्राहकले २५ सय रुपैँया भुक्तानी गर्नुपर्ने र घरमा खसी आएपछि बाँकी रकम तिर्न सक्ने ढकालले बताए । कृषक र ग्राहकलाई जोड्ने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण