आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विशाल ग्रुपको स्पष्टिकरणः आयान डिष्टिब्युटर हाम्रो ग्राहक होइन

आइतबार, १८ असोज २०७७, २० : ५९
आइतबार, १८ असोज २०७७

काठमाडौं । विशाल ग्रुपले आफ्नो कम्पनीमार्फत आयातित र प्रवद्र्धित उपभोग्य वस्तुबारेको हल्ला निराधार भएको दावी गरेको छ । ग्रुपले आज एक विज्ञप्ती जारी गर्दै आयान डिष्टिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा विशाल ग्रुपको ग्राहक नरहेको जनाउको छ ।

कम्पनीले आयात गरिएका वस्तुहरुको प्रयोगको म्याद समाप्त भएका खण्डमा उक्त वस्तुहरुलाई फिर्ता लिई सोको शतप्रतिशत सोधभर्ना गर्ने नीति रहेको पनि जनाएको छ । 

विशाल ग्रुपले विज्ञप्तीमा अगाडी भनेको छ, ‘ग्रुप आम उपभोक्ताहरुको स्वास्थ्य संवेदनशिलता प्रति सदैव सजग एंव सचेत रहेको छ । म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य वस्तुहरु समयमै नष्ट गर्न सकियोस् भनेर ग्रुपले सदैव आफुबाट आयातित वस्तुहरुको संस्थाअन्र्तगतका सप्लाई चेनमा कडा निगरानी राख्ने गरेको छ । साथै म्याद समाप्त भइसकेका वस्तुहरुको समुचित लेखापरीक्षणपश्चात सम्बन्धित निकायमा सूचित गरि नष्ट गर्ने गरिएको छ ।’

विशाल ग्रुप नेपालमा सबैभन्दा ठूलो व्यवसायिक समूहमध्ये एक हो, यसले विभन्न व्यवसायीक गतिविधिहरु जस्तै बैंकिङ्ग, बीमा, जलविद्युत, सिमेन्ट, फलाम र इस्पात, ब्रुअरी, होटल्स तथा रिजोर्टस्, र बितरणको क्षेत्रमा संलग्न छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप