साउदी अरेबियामा ७ महिनापछि मक्का खोलियो
आइतबार, १८ असोज २०७७, २३ : ०७
एजेन्सी । साउदी अरेबियामा ७ महिनापछि मुस्लिमहरुको धार्मिकस्थल मक्का खुल्ला भएको छ । आइतबार त्यहाँको सरकारले मक्का खोल्ने निर्णय गरेको हो । धार्मिक स्थल खोल्ने निर्णय गरिएपनि त्यहाँ उपस्थित हुँदा भने सावधानीहरु अप्नाउन विशेष ध्यान दिनुपर्ने नियम बनाइएको छ । तीन चरणमा खोल्ने गरि तयारी गरिएको मक्कामा पहिलो चरणमा ६ हजार जना साउदीका सर्वसाधारणहरुलाई जान अनुमित दिइएको छ ।
दोश्रो चरण अक्टोबर १८ देखि सुरु हुने जनाइएको छ । दोश्रो चरणमा ४० हजार जनालाई मक्का प्रवेश गर्न दिइनेछ भने नमाजका लागि कम्तिमा १५ हजार जनालाई प्रवेश दिइने जनाइएको छ । त्यसपछि तेश्रो चरणमा क्रमसः संख्या बढ्दै जाने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुल कन्ट्याक्ट कराँतेमा ११० खेलाडी
-
मन्त्रिपरिषद् गठनबारे पूर्व मुख्यमन्त्री : माओवादीले गर्दा होइन मुख्यमन्त्रीका आफ्नै केही बाध्यताले ढिलाइ भयो
-
कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य
-
यस्ता छन् चुकन्दर खानुको फाइदा
-
चिनियाँ कम्पनीले गर्यो नेपालमा प्रतिवर्ष ५ हजार सवारी उत्पादनको सम्झौता
-
इलाम २ मा फेरि बढाए डम्बरसँग सुहाङले मतान्तर