इजिप्टमा पनि मीटूः २२ वर्षकी नदीनले सुरु गरिन् अभियान, यौन शोषण गर्नेलाई पुर्याइन् जेल
इजिप्टकी २२ वर्षकी नदीनन अशरफ महिलाको आत्म–सम्मान र गौरवको प्रतिक बनेकी छिन् । काहिराकी अमेरिकन युनिभर्सिटीमा फिलोसफीकी यी छात्राले विश्वविद्यालयमा यौन उत्पीडन गर्नेविरुद्ध ‘ह्याशट्याग मीटू अभियान’ मात्रै सुरु गरिनन्, उनलाई जेलमा पुर्याएर समाजिक परिवर्तनको उदाहरण पनि बनिन् ।
सोसल मिडियामा नयाँ पेज बनाएर अभियान सुरु गरिन्ः
नदीन भन्छिन्, ‘जुलाईमा मैले एउटा सोसल मिडिया प्लेटफर्ममा एउटा पोस्ट देखेकी थिएँ जसमा विश्वविद्यालयका एक विद्यार्थीमाथि यौन शोषणको आरोप लागेको थियो । उनी धनाढ्य परिवारका थिए । अचानक उनको पोस्ट गायब भएको थियो । ती व्यक्तिले यौन शोषण गरेपछि पीडितलाई ब्ल्याकमेल पनि गर्दथे भन्ने आरोप लागेका कारण कुनै स्पष्टिकरण बिना नै उक्त पोस्ट डिलिट किन गरियो भनेर मैले अनुमान गर्न सकेकी थिएँ ।’
उनी थप्छिन्, ‘म यति आक्रोशित भएकी थिएँ कि म रातभरी जागा भएर अर्को एक प्लेटफर्ममा ‘असाल्टपोलिस’ को नामको उउटा पेज बनाएँ । यसमा ती व्यक्तिको नामका लागेको आरोपको विवरण राखिदिएँ । उनको नाम अहमद बसम जकी थियो । मैले उनको फोटोसहित उनको कुकृत्यको विवरण पनि राखिदिएँ । यी व्यक्ति १० कक्षामा हुँदादेखि नै यौन शोषण गर्दै आएको थियो । तर कुनै पीडितले यसबारे मुख खोल्ने बित्तिकै उनले उनको मुख बन्द गरिदिन्थे । म यो रोकिदिन चाहन्थेँ । ’
‘यो पोस्टको जवाफमा मैले सयौं सकारात्मक नोटिफिकेशन र करिब ३० महिलाको सन्देश पनि पाएँ जसले जकीको शिकार भएको कुरा स्विकारे । र यसरी नै मीटू अभियानको सुरुवात भयो । हप्तादिन भित्रै मेरो पेजमा ७० हजार फलोअर्स आइसकेका थिए । यस्ता कहानीको बाढी आइसकेको थियो जसको आशय यो थियो कि इजिप्टकी महिला यौन शोषण र बेइज्जतीसँग आजित भइसकेका छन् ।’
उनी थप्छिन्, ‘यसैबीच मैले ६ वर्ष अघि पाँच युवकद्वारा एक महिलामाथि पाँचतारे होटलमा गरिएको दुष्कर्मको जानकारी पनि पेजमा राखिदिएँ । यसका आरोपी पनि पक्राउ भए । मैले धम्की पनि पाएँ । केही दिन अघि मैले थाहा पाएँ कि कतिले मेरो पहिचान उजागर गरिरहेका छन्, त्यसैले मैले आफैले आफ्नो परिचय दिने निर्णय गरेँ । यदि नराम्रा मानिसहरुलाई म को हुँ भनेर थाहा हुन्छ भने राम्रो मानिसहरुले पनि त थाहा पाउनुपर्यो कि म को हुँ । यसैमा मेरो सुरक्षा निहित छ ।’
अभियानको उद्देश्यः महिलालाई उनको अधिकारको जानकारी होस्
नदीन भन्छिन्, ‘मेरो अभियानको उद्देश्य यतिमात्रै हो कि महिलालाई उनीहरुको अधिकारबारे जानकारी होस् । म ११ वर्षको हुँदा लन्ड्रीमा काम गर्ने एक व्यक्तिले मलाई गलत तरिकाले छुने प्रयास गरे । त्यतिबेला ममाथि के भइरहेको थियो भनेर थाहा थिएन तर अहिले थाहा भइरहेको छ कि त्यति सानो उमेरमा पनि म यौन शोषणको शिकार भएकी थिएँ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण