डोनल्ड ट्रम्प अस्पताल बाहिर भएका समर्थकलाई भेट्न पुगे
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाद्वारा संक्रमित छन् र हाल उनी ह्वाइट हाउसभन्दा टाढा वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना छन् ।
तर आइतबार सबैलाई चकित बनाउँदै उनी अस्पताल बाहिर भएका आफ्नो समर्थकलाई भेट्न पुगे र हात हल्लाएर सबैको अभिवादन स्विकार गरिरहेको देखिए ।
यद्यपि, उनी कारभित्रै बसिरहे । बाहिर भने निस्किएनन् । त्यतिबेला उनले मास्क लगाएका थिए ।
हुन त सोसल मिडियामा सक्रिय हुनेहरुलाई थाहा थियो कि राष्ट्रपति आइतबार अस्पतालबाट बाहिर निस्कनेछन् ।
— Donald J. Trump (@realDonaldTrump) October 4, 2020
वास्तवमा ट्रम्पले उक्त ‘सरप्राइज भिजिट’ बारे ट्वीटरमा जानकारी दिएका थिए ।
राष्ट्रपतिका डेप्युटी असिस्टेन्टले भने, ‘एक मेडिकल टिमले कारमा उनलाई बाहिर निस्कने अनुमति दिएका थिए ।’
उनका अनुसार यतिबेला कार चलाउने कर्मचारी र अन्य कर्मचारीको सुरक्षाका लागि सबै आवश्यक कदम उठाइएको थियो ।
यसअघि वाल्टर रिड अस्पतालका डाक्टरले उनी बाहिर गएको विषयमा नकारात्मक प्रतिक्रिया दिएका थिए र भनेका थिए, ‘उनीसँग कारमा बस्ने व्यक्ति संक्रमित हुने जोखिम अत्यधिक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण