जन्मदिनमा वृद्धाश्रम ‘आमाघर’ पुगे गायक पोखरेल
काठमाडौं । नेपाली कलाक्षेत्रमा आफ्नो जन्मदिन समाजसेवा गरेर मनाउने थुप्रै कलाकार छन् । तीमध्यका एक हुन्, गायक सिताराम पोखरेल । अक्टोबर ४ मा हरेक जन्मदिन मनाउँदै आएका पोखरेलले विगत १७ बर्षदेखि जन्मदिनमा बृद्धाश्रम वा विपन्न बालबालिकालाई सहयोग गरेर मनाउँदै आएका छन् ।
आइतबार परेको आफ्नो जन्मदिनको खुसी पनि पोखरेलले नैकापस्थित वृद्धाश्रम व्यवस्थापन तथा सामाजिक कल्याण गुठीद्वारा सञ्चालित ‘आमाघर’मा पुगेर मनाएका छन् । धर्मपत्नी रमा पोखरेलसहित आश्रममा पुगेका पोखरेलले त्यहाँका बृद्धाबृद्धलाई खाना खुवाउनुका साथै फलफुल तथा कोरोना भाइरसबाट बच्न मास्क समेत बितरण गरेका छन् ।
जन्मदिनको केक समेत त्यही काटेका पोखरेलको सहयोगमा पाउदा त्यका बृद्धाबृद्ध खुसी देखिन्थे । आगामि दिनमा पनि आफुले सक्दो सहयोग आश्रममा दिने सोही अवसरमा पोखरेलले बताए ।
२०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका पोखरेलका अहिलेसम्म दुई सयभन्दा बढी गीत तथा ७ वटा एल्बम बाहिर आएका छन् ।
अहिले केही दिन भित्र नयाँ गीतहरु ल्याउने तयारीमा रहेको पोखरेल मोडल तथा कलाकार पनि हुन् । उनी आफ्नो गीतको भिडियोको अलवा ठुला तथा सानापर्दाका फिल्ममा समेत अभिनय गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण