जम्मु काश्मिरमा भारतीय सैनिकमाथि आक्रमण, २ जवानको मृत्यु
सोमबार, १९ असोज २०७७, १६ : ०७
एजेन्सी । जम्मु काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा २ भारतीय सैनिक (सीआरपीएफ)को मृत्यु भएको छ । पुलवाको पामपोर क्षेत्रमा भएको आक्रमणमा उनीहरु मारिएका हुन् । एक्कासि भएको आतंकवादी आक्रमणमा ५ जवान घाइते भएका थिए । घाइते ५ जनामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते अन्य ३ जवानको उपचार भैरहेको जनाइएको छ ।
आक्रमण पंपोर बाइपासमा सोमबार १२ बजेर ५० मिनेट जाँदा भएको थियो । सीआरपीएफको ११० औं बटालियन र जम्मु कश्मीर पुलिसको संयुक्त टोलीमाथि आतंककारी आक्रमण भएको जनाइएको छ । अहिले सो क्षेत्रमा आक्रमणकारीको खोजी जारी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण