बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जम्मु काश्मिरमा भारतीय सैनिकमाथि आक्रमण, २ जवानको मृत्यु

सोमबार, १९ असोज २०७७, १६ : ०७
सोमबार, १९ असोज २०७७

एजेन्सी । जम्मु काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा २ भारतीय सैनिक (सीआरपीएफ)को मृत्यु भएको छ । पुलवाको पामपोर क्षेत्रमा भएको आक्रमणमा उनीहरु मारिएका हुन् । एक्कासि भएको आतंकवादी आक्रमणमा ५ जवान घाइते भएका थिए । घाइते ५ जनामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते अन्य ३ जवानको उपचार भैरहेको जनाइएको छ ।  

आक्रमण पंपोर बाइपासमा सोमबार १२ बजेर ५० मिनेट जाँदा भएको थियो । सीआरपीएफको ११० औं बटालियन र जम्मु कश्मीर पुलिसको संयुक्त टोलीमाथि आतंककारी आक्रमण भएको जनाइएको छ । अहिले सो क्षेत्रमा आक्रमणकारीको खोजी जारी रहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप