चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई
एजेन्सी । सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेलसभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक जे अल्टर र चाल्र्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत गर्ने घोषणा गरेको हो ।
यो वर्षको एक करोड स्वीडिस क्रोना (करिब एघार लाख २० हजार ) नोबेल पुरस्कार पुरस्कृत तीनै व्यक्तित्वलाई बराबर बाँडिने नोबेल पुरस्कार प्रतिष्ठानले बताएको छ । उनीहरूको अनुसन्धानका कारण इतिहासमा पहिलो पटक विश्वमा हेपाटाइटिस सी निको पार्न सकिने भएको छ ।
सन् २०२० को चिकित्साशास्त्रको पुरस्कारबाट सम्मानित हुने घोषणा गरिएका यिनै वैज्ञानिकका कारण बर्षेनी सयौँ लाख व्यक्तिको ज्यान लिने गरेको असाध्य रोग (क्रोनिक हेपाटाइटिस) परीक्षण तथा उपचार सम्भव भएको हो । नोबेल समितिका महासचिव थोमस पर्लम्यानले पत्रकार सम्मेलनमा भने, “आफूले पुरस्कृत तीनमध्ये दुई व्यक्तित्वलाई भेटेको र उहाँहरूलाई पुरस्कृत गरिएको सूचनाले उहाँहरू आश्चर्यचकित, खुशी, र पुलकित हुनुभएको थियो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण