मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

उपाध्यायले ल्याए ‘बत्तीस लक्षणकी भएकी बुहारी' बोलको गीत

बुधबार, २१ असोज २०७७, १२ : १६
बुधबार, २१ असोज २०७७

काठमाडौं । धेरै जसो गीतकार आफ्ना गीतमा माया प्रेमका बिषयमा समेट्ने गर्दछन् । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका गीतमा भने समाजका बिषय समेत रहने गर्दछ ।

यस्तै समाज भित्रको एक अंग सासुबुहारीको बिषयमा पनि उपाध्यायले गीत बनाएका छन् ‘बत्तीस लक्षणकी भएकी बुहारी’ । सासु बुहारी बीचको सम्बन्धलाई व्यक्त गरिएको यो गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । 
गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रशन्ना शाक्य र रिता केसीको स्वर रहेको छ ।

म्युजिक भिडियोमा भने मनोज ओली, रस्मी श्रेष्ठ, सपना थापा र प्रभास लिम्बुलगायतको अभियन छ । सुभाष प्रधानको निर्देशन रहेको भिडियोमा डम्बर राईको छायाँकन र टेकेन्द्र शाहको सम्पादन छ ।
बिभिन्न फरक शैलीका गीत मार्फत ३२ विश्व रेकर्ड  बनाएका डा. उपाध्याय सबै वर्ग, पेशा र समुदायका लागि समेत गीत लेख्ने गीतकार हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप