सारासँग असाध्यै रिसाएको भन्ने विषयमा यसो भन्छन् सैफ अली खान
बलिउड अभिनेता सैफ अली खान आफ्ना तीन सन्तानसँग विशेष बन्डिङ सेयर गर्छन् । सोसल मिडियामा सेयर हुने तस्बिरले बताउँछ कि सैफ अली खान तैमुरका साथै सारा अली खान र इब्राहिमसँग पनि धेरै समय बिताउने गर्छन् । सेफ अली खानकी श्रीमती अर्थात् करिना कपुर हाल गर्भवती छिन्, उनीहरु नयाँ पाहुनाको तयारीमा पनि जुटेका छन् र करिनालाई विशेष ध्यान दिइरहेका छन् । यद्यपि, यसैबीच खबर आएको थियो कि सैफ अली खान आफ्नी छोरी सारालाई ड्रग्स केसको विषयमा मद्दत गरिरहेका छैनन् ।
यसमा सैफ अली खानले जवाफ दिएका छन् । बलिउड हंगामालाई दिएको अन्तरवार्तामा उनले भने, ‘म सधैं उनीहरुको साथमा छु । म आफ्ना तीनै सन्तानलाई प्रेम गर्छु । यो साँचो हो कि म तैमुरसँग धेरै समय बिताउँछु तर म आफ्ना छोराछोरी इब्राहिम र सारासँग पनि लगातार सम्पर्कमा छु । मेरो मुटुमा मेरा तीन सन्तानका लागि छुट्टाछुट्टै स्थान छ । यदि म सारासँग केही कुराका लागि रिसाएको छु भने तैमुरले मलाई यसबारे राम्रो महसुस गराउन सक्दैन ।’
सैफले भने, ‘तपाईंसँग हरेक समय तपाईंको बच्चा हुन्छ जसलाई तपाईंले आफ्नो मुटुलाई विभाजित गर्नुहुन्छ । र उनीहरु सबै भिन्न उमेर समूहका छन् । मलाई लाग्छ मेरा तीनै सन्तानलाई भिन्न प्रकारको सामिप्यताको आवश्यकता छ । म सारा र इब्राहिमसँग फोनमा लामो च्याट वा डिनर गर्न सक्छु जुन म तैमुरसँग गर्न सक्दिनँ ।’
स्मरण रहोस्, सारा अली खानलाई सुशान्त सिंह राजपूतसँग जोडिएको ड्रग्स केसमा सोधपुछका लागि बोलाइएको थियो । यसैकारण सारासँग उनका पिता रिसाएको भन्ने खबर भारतीय मिडियामा प्रकाशित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण