मिटर रिडिङ नगरी जरिवाना असुल

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुलीएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । कोभिड–१९ नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको मिटर रिडिङ नगरी चुप बसेको वितरण केन्द्रले जरिवाना भन्दै उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताको गुनासो छ ।
उनीहरूले वितरण केन्द्रका कर्मचारीको मनलाग्दी खपत शुल्कमा जरिवानासमेत लिने गरेको लालबन्दीका उपभोक्ता श्याम लामाले बताए । विगत पाँच÷छ महिना मिटर रिडिङ नगरी बसेको सबस्टेशनले लकडाउन अलि सहज भएपछि बिल तिर्न आउन सूचना नै जारी गरेर जरिवानासहित शुल्क असुलेको अर्का स्थानीय रमेश कार्कीको गुनासो छ ।
विद्युत् वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिङ नगरेका कारण आमसर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लकडाउनको समयको पनि जरिवाना तिर्न बाध्य भएका छन् । प्राधिकरणका कर्मचारीले समयमा मिटर रिडिङ नगरेको र आफूले पैसा तिर्दा मिटरमा उठेको रकमको जरिवानासमेत गरी तिर्नुपरेको उनीहरूको गुनासो छ ।
यो त उदाहरणका पात्र मात्र हुन् । लालबन्दीमा रहेको विद्युत् प्राधिकरण वितरण केन्द्रको लापर्वाहीका कारण वितरण केन्द्र माताहतका अधिकांश बिजुली उपभोक्ता समस्यामा परेका छन् । सरकारले लकडाउनको समयमा विद्युत् महशुलको जरिवाना नलिन भनेको भए पनि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुल्ने गरेको गुनासो आएको हो । शुरुशुरुमा समस्या आएको तर अहिले त्यो समस्या समाधान भइसकेको साथै सबै विकल्प दिइएको भए पनि उपभोक्ताले बेवास्था गरेका र सबैलाई जानकारी नभएका कारण पनि समस्या आएको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीरकुमार रायले बताए ।
पहिलाको निर्णयअनुसार असोज ६ गतेपछि जरिवाना लिने भनिएको र सोहीअनुसार जरिवाना लिएको तर फेरि विद्युत् प्राधिकरणले असोज २२ गतेसम्म जरिवाना नलिने निर्णय गरेपछि बीचमा लिएको जरिवाना खपत युनिटबाट घटाउने विद्युत् प्राधिकरणले निर्णय गरेको वितरण केन्द्रका प्रमुख रायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा