सरिता र डब्बुको दशै गीत ‘यसपालीको दशैं...’
शुक्रबार, २३ असोज २०७७, १५ : १४
काठमाडौं । दशैंका लागि नयाँ गीत आउने क्रम जारी छ । यस्तैमा गायिका सरिता भारती र गायक हेम श्रेष्ठको युगल स्वर रहेको दशैं गीत ‘यसपालीको दशैं...’को दश सार्वजनिक भएको छ । काठे भाकामा तयार भएको भिडियोसहित सार्वजनिक गीतमा लय तथा संगीत हेम श्रेष्ठकै रहेको छ । गीतका शब्द डब्बु क्षत्रीले लेखेका हुन् ।
विदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई यो गीतमा समेटिएको छ । गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गरेका हुन् । भिडियोमा गायिका सरिता भारती आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् । सरितालाई अभिनेता श्रीदेव भट्टराईले समेत साथ दिएका छन् । भिडियोमा अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतको समेत अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण