अफगानिस्तानमा तालिबानले गरे ६ प्रहरीको हत्या, १५ जना अपहरित
एजेन्सी । अफगास्तिानको कुन्दुज प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि ६ जना प्रहरीको ज्यान गएको बताइएको छ ।
अफगानिस्तानको कन्दुज प्रान्तको उक्त जिल्लामा रहेको एक प्रहरी चौकीमा भएको बुधबार राति आक्रमणमा गरेर ती प्रहरीको हत्या गरेका बताइएको छ । साथै उनीहरुले सो प्रहरी चौकीमा रहेका अरु कम्तीमा पनि १५ जना प्रहरीलाई अपहरण गरेर लगेका छन् ।
उनीहरुले हालैका दिनमा विभिन्न स्थानमा गरेका आक्रमण गरी सुरक्षाकर्मीहरुको ज्यान लिइरहेका छन् । पछिल्ला दिनमा सुरक्षाकर्मीहरु मारिएका यहाँको टोलो न्युजले जानकारी दिएको छ । मंगलबार राति मात्र पनि अफगानिस्तानको जाबुल प्रान्तको एक जिल्लाको प्रहरी चौकीमा तालिबानहरुले हमला गरेर ६ जना प्रहरीको हत्या गरेका थिए ।
त्यसैगरी अफगानिस्तानको हेल्माण्ड प्रान्तको ओमार जवाक जिल्लामा भएको कार बम हमलामा परी कम्तीमा पनि ४ जना सैनिकको ज्यान लिएका थिए । पछिल्लो समयमा तालिबानीहरुले हेल्माण्ड प्रान्तमा कैयौँ हिंस्रक हमलाहरु गरिरहेका छन् उनीहरुले प्रहरी चौकीमा हमला गर्ने गरेका छन् । उता कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीहरुबीच शान्ति वार्ता हुने बताइरहेका बेला यता उनीहरुले हमला रोकेका छैनन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण