ऋषि कपूर र नीतूको विवाहमा पहिलोपटक सिन्दुर लगाएर पुगेकी थिइन् रेखा
एजेन्सी – बलिउडकी सदाबहार अभिनेत्री रेखा आज ६६ औँ जन्मदिन मनाइरहेकी छिन् । संसारका सुन्दर अभिनेत्रीहरुमा एक रेखा प्रायः व्यक्तिगत जीवनका विषयलाई लिएर चर्चामा रहन्छिन् ।
रेखाको जन्मदेखि नै आजसम्म केही न केही कहानी रहेको छ । उनी उनको माता पिताको विवाह नहुँदै जन्मिएकी थिइन् । साथै, जन्मपछि मोटोपनका कारण उनी निकै मजाकको पात्र बनिन् । उनले घर खर्चको लागि सानै उमेरदेखि काम गरिन् ।
यति मात्र होइन रेखाको प्रेमसम्बन्ध, विवाह र विशेषगरी उनले लगाउने सिन्दुरले निकै चर्चा पाइरहन्छ ।
रेखा सबैभन्दा पहिले सिउँदोमा सिन्दुर र गलामा मंगलसुत्र लगाएर ऋषि कपूर र नितुको विवाहमा गएकी थिइन् । उनले कोसँग कहिले विवाह गरिन् कसैलाई केही थाहा नै भएन । उनले जब सन् १९८० जनवरी २२ मा नितु र ऋषिको विवाहमा सिन्दुर लगाएर पुगिन् तब सबैलाई आश्चर्यमा पारिदिइन् ।
उक्त घटनाअघि रेखा र अमिताभको प्रेमसम्बन्धको बारेमा निकै चर्चा परिचर्चा हुने गर्दथ्यो । धेरैले रेखा र अमिताभको सम्बन्धलाई लिएर विभिन्न अड्कल बाजी गर्ने गर्थे । उक्त विवाहमा अमिताभ र उनकी पत्नी जया पनि उनीहरुको मातापितासँग आएका थिए । जया रेखालाई देखेर निकै आश्चर्यमा परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण