आइतबारको मौसम कस्तो रहला ?
आइतबार, २५ असोज २०७७, ०८ : ४८
मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेको भएको छ र उक्त निम्न चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।
महाशाखाले हाल देशभर नै आँशिक बदली भइरहेको जनाएको छ ।
यसैगरी, दिउँसोको मौसम भने प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमानमा उल्लेख छ ।
भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण