अमेरिकाको चेतावनीः लद्दाखमा चीनका ६० हजार सैनिक छन्, कुराकानीमार्फत् समस्या सुल्झँदैन

भारत चीन सीमा विवादको विषयमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले आपसी सहमतिमार्फत् विवाद समाधान गर्न नसकिने बताएका छन् ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रायनले आपसी सहमतिमार्फत् चीनको कम्युनिष्ट सरकारलाई आफ्नो बाटो परिवर्तन गर्नका लागि मनाउन वा बाध्य गर्न नसकिने बताएका छन् ।
टाइम्स अफ इन्डियाले आफ्नो पत्रिकामा सल्लाहकारको उक्त बयानबारे समाचार प्रकाशित गरेको छ जसमा ब्रायनले चीनको आक्रामक कदमलाई जवाफ दिन उसँग प्रतिस्पर्धा गनुपर्ने आवश्यक भएको इशारा गरेका छन् ।
उनले भनेका छन्, ‘हामीले यो कुरा स्विकार गर्नुपर्ने बेला आइसकेको छ । पिपल्स रिपब्लिक अफ चाइनालाई कुराकानी वा सहमतिमार्फत् न त राजी गर्न सकिन्छ न बाध्य नै पार्न सकिन्छ । यसरी मुख मोड्दा केही हाँसिल हुने छैन । लामो समयदेखि हामी यस्तै गर्दै आएका छौं ।’
उनले थपे, ‘भारत चीन सीमामा चीनको आक्रामकता स्पष्ट रुपमा देखिन्छ जहाँ उसले शक्तिको प्रयोग गरेर लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा कब्जा गर्ने कोसिस गरेका छन् ।’
अमेरिकाको यो बयान यस्तो समय आएको हो जब १२ अक्टोबरमा लद्दाखमा भारत र चीनका कमान्डरबीच कुराकानी हुँदैछ ।
अक्टोबर २६ र २७ मा नयाँ दिल्लीमा भारत र अमेरिकाका विदेश मन्त्री र रक्षामन्त्रीको टू प्लस टु बैठक हुँदैछ । यसलाई मद्देनजर गर्दै रोबर्ट ओ’ब्रायनको यो बयान निकै महत्वपूर्ण मानिएको छ ।
यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भारतको उत्तरी सीमामा चीनले ६० हजार सेनिक तैनाथ गरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो
-
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव