‘दामी’बाट ‘कोपिला’ रिलिज
काठमाडौं । निर्मला हत्याकान्डको विषयमा निर्माण भएको फिल्म ‘कोपिला’ सार्वजनिक भएको छ । फिल्म ओएसआर डिजिटलले दामी म्युजिक एप मार्फत बाहिर ल्याएको हो । दामी म्युजिक एप मोवाइल थिएटर हो ।
केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म दामी म्युजिकएपमा शुक्रबारबाट दैनिक ४ शो रिलिज हुने गरेको छ ।
ओ.एस.आर डिजिटलसँंगको सहकार्यमा सञ्चालित दामी म्युजिक एपको मोबाइल थिएटरमा ४ वटा पर्दा छन्, जसमा हरेक शुक्रवार नयाँ फिल्म रिलिज हुने गरेको छ ।
शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मा गणेश गिरी, सरिता गिरी, संजिवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय देख्न सकिन्छ ।
फिल्ममा निर्मलाको भूमिका संजिवनीले निर्वाह गरेकी छन् । उनको यो डेब्यू फिल्म हो ।
फिल्ममा निर्मला पन्तको हत्यारा पत्तान लागोस् भनेर गरिने राजनीतिक चलखेल र त्यसले निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक असर देखाउन खोजिएको निर्देशक शिवम् अधिकारीले बताए ।
रामेश्वर कार्कीको छायाँकन, दीपक शर्माको संगीत रहेको फिल्म समिर मियाँले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण