बुटवल–तानसेन सडक आजदेखि दैनिक ३ घण्टा बन्द
बुटवल । मर्मतको लागि सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड पर्ने विभिन्न ठाउँमाहरु मर्मत गर्नु भएको असोज २९ सम्म बन्द सडक डिभिजन पाल्पाले जनाएको छ । मर्मतको लागि बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गर्ने पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
पाल्पाको बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द हुनेछ । राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नुपरेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताएका छन् ।
केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौँ ठाउँमा पहिरो गएको छ । अहिले पनि यस ठाउँमा एकतर्फी सञ्चालनमा छ । सडक पूर्णरूपमा सञ्चालनका लागि मर्मत गर्न थालिएको अधिकारीले बताए । दसैँ र तिहार आइसकेकाले तत्काल सडक मर्मत गर्न लागिएको अधिकारीले बताए । सिद्धार्थ राजमार्गका कतिपय ठाउँमा घुम्ती काटेर फराकिलो बनाउने काम समेत भइरहेको छ । प्रहरीले सडक अवरुद्ध भएपछि बुटवलको सिद्धबाबाबाट उता सवारी सधान नलैजानको लागि अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण