शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय बन्द

सोमबार, २६ असोज २०७७, १४ : १०
सोमबार, २६ असोज २०७७

जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ ।

कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकाले असोजको ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज आचार्यले सूचना प्रकाशित गरी असोजको ३० गतेसम्म कार्यालय बन्द रहने जानकारी गराएका छन् ।

बन्दको समयमा अत्यावश्यक शान्ति सुरक्षा र मुद्दा बाहेक अन्य सेवाहरु बन्द रहने जनाइएको छ । यसअघि पनि जिल्ला प्रशासन कार्यालया कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप