दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी
काठमाडौं – ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा चाडबाडका समयमा हुने दुर्घटना न्यूनीकरण गर्न र यात्रुलाई ठगिनबाट समेत जोगाउन चाडपर्व विशेष सुरक्षा योजना ल्याएको हो ।
ट्राफिक प्रहरीले बनाएको सुरक्षा योजनामा लामो दुरीमा चल्ने सवारी साधनमा दुई जना चालक अनिवार्य भए नभएको हेर्नेदेखि सवारी साधनभित्रै भाडा दरको सूची अनिवार्य रूपमा राख्नुपर्ने भनिएको छ । यस्तै, लामो दुरीमा चल्ने सवारीलाई बसपार्कबाट बाहिरिनुअघि यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्न व्यवस्था मिलाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याइएको बताए ।
उनले ट्राफिक व्यवस्थापन मात्र नभएर चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई छाड्ने, कोरोना संक्रमणपछि लागू गरिएको स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता विषयमा कडाइका साथ निगरानी गरिने जनाए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण