रिया चक्रवर्तीले झुटो दाबी गर्ने छिमेकीविरुद्ध दिइन् उजुरी, समर्थन आए रितेश देशमुख
सुशान्त सिंह राजपूत मृत्यु प्रकरणबाट निम्तिएको ड्रग्स केसमा रिया चक्रवर्तीले बम्बे हाईकोर्टबाट जमानत पाएकी छिन् । रियाले अब यस्ता मानिसहरुविरुद्ध कानूनी कारवाही गर्ने तयारी गरेकी छिन् जसले केसको अनुसन्धानका बेला कुनै आधार बिना नै बयान दिएका थिए ।
रियाले सिबिआईसमक्ष आफ्नी ती छिमेकीविरुद्ध कारवाही गर्न माग गरेकी छिन् जसले मिडियालाई झुटो बयान दिएर केसको दिशा भट्काउने कोसिस गरेकी थिइन् । यसमा रियालाई रितेश देशमुखले समर्थन गरेका छन् ।
समाचार एजेनसी पिटिआईको रिपोर्ट अनुसार सिबिआईको विशेष समूहकी मुखिया नूपुर शर्मालाई लेखिएको पत्रमा रियाले उनकी छिमेकी डिम्पल थवानीले झुटो बयान दिएको बताएकी छिन् । डिम्पलले १३ जून मा रिया सुशान्तसँग देखिएको दाबी गरेकी थिइन् । तर सीबीआईको छानबिनको क्रममा रिया र सुशान्तबीच जून १३ मा भेट भएको खबर झुटो निस्किएको थियो । सुशान्तको १४ जूनमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।
रियाले आफ्नो पत्र वकिल सतिश मानशिन्देमार्फत् सीबीआईलाई दिएकी छिन् ।
रियाको यो कदममा रितेश देशमुखले समर्थन गरेका छन् । उनले ट्वीट गर्दै भने, ‘तिमीले थप शक्ति बटुल्नु । वास्तविकता भन्दा ठूलो शक्ति केहीमा हुँदैन । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण