‘बिग बोस १४’ मा सलमान खानले आफ्नो विवाहको बारेमा गरे यस्तो खुलासा
एजेन्सी – बिग बोस १४ को पहिलो हप्ताको अन्त्यमा सलमान खानले ‘विकेण्ड वार’ को होस्ट गरे । जसमा सलमान खानले बिग बोसको घरमा बसेकाहरुको क्लास लिए । उनले मस्ती मजाक पनि गरे । साथै, उनले बिग बोसको घरमा रहेकी निक्की तंबोलीसँग अलि बढी झुकाव समेत देखाए ।
सलमान खानले बिग बोसको घरमा रहेका सदस्यहरुसँग मजाक पनि गरे । उनले सिद्धार्थ शुक्लालाई जिस्क्याउँदै उनी छिट्टै विवाह गर्दैछन् भनेपछि हिना खानले सोधिन्, ‘केटी को हुन् ? र विवाह कहाँ गर्दैछन् ?’
सलमान खानले सिद्धार्थको विवाह बालिका वधूमा उनको विवाह हुँदैछ । उनको जवाफमा हिना खानले आफू सिद्धार्थको विवाह हुने खबरले आफू निकै रोमाञ्चित भएको र कपडा बनाउने र नाँच्ने सम्मको सपना बुनेको बताउँदै हिनाले सलमानलाई विवाह गर्न आग्रह गरिन् । हिनालाई जवाफ दिँदै सलमानले आफ्नो विवाह गर्ने उमेर बितिसकेको बताए । उनले झन्झट मान्दै जसको विवाहको कुरा आए पनि आफ्नो विवाहको बारेमा सोधिने प्रश्नले वाक्क भएको समेत बताए ।
यस्तैमा, सलमानले स्क्रिनमा एउटा क्लिप देखाउँदै सन् २०११ सम्म उनी केटी हेर्न जाने गरेको खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय
-
नेपाली साहित्यमा बौद्ध दर्शनबारे अध्ययन गरिने
-
अब नेपाली कांग्रेसलाई संसद्मा बोल्न नदिने ओलीको चेतावनी