‘बिग बोस १४’ मा सलमान खानले आफ्नो विवाहको बारेमा गरे यस्तो खुलासा
एजेन्सी – बिग बोस १४ को पहिलो हप्ताको अन्त्यमा सलमान खानले ‘विकेण्ड वार’ को होस्ट गरे । जसमा सलमान खानले बिग बोसको घरमा बसेकाहरुको क्लास लिए । उनले मस्ती मजाक पनि गरे । साथै, उनले बिग बोसको घरमा रहेकी निक्की तंबोलीसँग अलि बढी झुकाव समेत देखाए ।
सलमान खानले बिग बोसको घरमा रहेका सदस्यहरुसँग मजाक पनि गरे । उनले सिद्धार्थ शुक्लालाई जिस्क्याउँदै उनी छिट्टै विवाह गर्दैछन् भनेपछि हिना खानले सोधिन्, ‘केटी को हुन् ? र विवाह कहाँ गर्दैछन् ?’
सलमान खानले सिद्धार्थको विवाह बालिका वधूमा उनको विवाह हुँदैछ । उनको जवाफमा हिना खानले आफू सिद्धार्थको विवाह हुने खबरले आफू निकै रोमाञ्चित भएको र कपडा बनाउने र नाँच्ने सम्मको सपना बुनेको बताउँदै हिनाले सलमानलाई विवाह गर्न आग्रह गरिन् । हिनालाई जवाफ दिँदै सलमानले आफ्नो विवाह गर्ने उमेर बितिसकेको बताए । उनले झन्झट मान्दै जसको विवाहको कुरा आए पनि आफ्नो विवाहको बारेमा सोधिने प्रश्नले वाक्क भएको समेत बताए ।
यस्तैमा, सलमानले स्क्रिनमा एउटा क्लिप देखाउँदै सन् २०११ सम्म उनी केटी हेर्न जाने गरेको खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण