शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

बलिउड नायिका अमृता राव आमा बन्दै

मङ्गलबार, २७ असोज २०७७, १३ : ४२
मङ्गलबार, २७ असोज २०७७

बलिउड नायिका अमृता राव आमा बन्न लागेकी छिन् । हालै उनी  श्रीमान् अनमोलसँग एक क्लिनिक बाहिर देखिएकी थिइन् । अमृताको एउटा तस्बिर पनि सार्वजनिक भएको छ जसमा उनको बेबी बम्प स्पष्ट रुपमा देख्न सकिन्छ । उक्त तस्बिर क्लिनिकमा चेकअपका लागि खिचिएको बताइएको छ ।

टाइम्स अफ इन्डियाले एउटा स्रोतलाई उद्धृत गर्दै अमृता लकडाउन अघि गर्भवती भएको जानकारी दिएको छ । उनी गर्भवती भएको कुरा उनका आफन्तबाहेक धेरैलाई थाहा नभएको पनि बताइएको छ ।

स्मरण रहोस्, अृमता र अनमोलले ७ वर्षसम्म एक अर्कालाई डेट गरेपछि सन् २०१६ मा विवाह गरेका थिए । उनीहरुको विवाहमा परिवार र नजिकका आफन्त मात्रै समावेश भएका थिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happy Anniversary My Soulmate 💫 My Lifeline @rjanmol27 ❤️ 4 years of Marital BLISS 🙏

A post shared by AMRITA RAO🇮🇳 (@amrita_rao_insta) on

 अमृताको पेशागत जीवनको कुरा गर्नुपर्दा उनले फिल्म ‘अब के बरस’ बाट बलिउड डेब्यू गरेकी थिइन् । यो फिल्म सन् २००२ मा रिलिज भएको थियो । फिल्ममा उनले आर्य बब्बरसँग काम गरेकी थिइन् । यसबाहेक अमृताले साउथका थुप्रै फिल्ममा पनि काम गरिसकेकी छिन् । इश्क–विश्क र विवाहमा अमृता राव र शाहिद कपुरको जोडी अत्यधिक रुचाइएको थियो ।

स्मरण रहोस्, अमृता अन्तिम पटक बाल ठाकरेको आत्मवृत्तान्तमा देखिएकी थिइन् । यो फिल्ममा उनले बाल ठाकरेकी श्रीमती मिना ठाकरेको भूमिका निभाएकी थिइन् । फिल्ममा उनले नवाजुद्दीन सिद्दीकीसँग स्क्रिन सेयर गरेकी थिइन् । उक्त फिल्ममा उनको अभिनय निकै रुचाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप