बहुप्रतिष्ठित मोटरसाइकल ‘जाभा’ भर्चुअल माध्यमबाट आज सार्वजनिक हुँदै
काठमाडौं । भारतमा लोकप्रिय बनेको मोटरसाइकल जाभा आज नेपालमा भर्चुअल माध्यमबाट सार्वजनिक हुँदैछ । जाभाका लागि नेपालको आधिकारिक वितरक अग्नि मोटो इंकले साँझ ७ बजे विशेष प्रस्तुतिसहित भर्चुअलमाध्यम मार्फत जाभा सार्वजनिक गर्न लागेको हो ।
उक्त मोटरसाइकलको लन्चिङ शो नेपालका प्रमुख अनलाइन मिडिया रातोपाटीसहित अनलाइन खबर, सेतोपाटी र बिजमान्डुमार्फत एकैपटक लाइभ गर्ने तयारी गरिएको छ । आज सार्वजनिक हुँदै गरेको जाभा भोलिदेखि नै विक्रिवितरणका लागि काठमाडौं स्थित कम्पनीका दुई शोरुमहरु टेकु र उत्तरढोका शोरुमहरुमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कम्पनीको विश्वास अनुसार जाभा मोटरसाइकल चेक रिपब्लिकको erstwhile Czechoslovakia शहरमा ९० वर्षको इतिहास बोकेको बहुप्रतिष्ठित ब्रान्ड हो ।
पुराना दिनहरूमा १२० वटा भन्दा बढी राष्ट्रमा क्लासिक, राम्रो इन्जिन क्षमताका साथ एकदमै राम्रो डिजाइनमा जाभा मोटरसाइकल बिक्री वितरण भइरहेको छ ।
१९६० को दशकमा यो बाइक भारतीय बजारमा प्रवेश गरेको थियो । यो बाइक निकै सुन्दर र बलियो भएकाले यसले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । उत्कृष्ट लुक्स, पावर पिकअप र विशेषताकै कारण पछिल्लो समय जाभाले संसार भर प्रसिद्धि कमान सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे
-
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
-
'कांग्रेसले धोखा दिएपछि वाम सहकार्य भयो, हामी जस्तोसुकै अग्निपरीक्षा दिन तयार छौँ'
-
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ५ एजेन्डा तय
-
१०४ दिनदेखि ठप्प छ सार्वजनिक पुस्तकालय, अर्थमन्त्री वाग्लेका किताब धमिराले खाँदैछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण