शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेशकी उपसभामुख थारुलाई कोरोना संक्रमण

मङ्गलबार, २७ असोज २०७७, १९ : ०३
मङ्गलबार, २७ असोज २०७७

बुटवल । लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उपसभामुख थारुले मंगलबार सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् ।

थारुले आफूलाई कोरोना संक्रमण देखिएकाले सम्पर्कमा आएकाहरुलाई सतर्क रहन समेत सामाजिक सञ्जाल मार्फत आग्रह गरेकी छन् ।  यसअघि सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण देखिएको थियो । यस्तै प्रदेशसभा लेखा सभापति डिल्लीबहादुर चौधरीलाई पनि कोरोना संक्रमण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप