दुई दिनदेखि आईसीयूको शैय्याको पर्खाइमा रहेकी कोरोनासंक्रमितको एम्बुलेन्समा नै मृत्यु
बुटवल । नपवपरासीकी एक कोरोनासंक्रमित महिलाको एक अस्पतालबाट अर्को अस्पतालमा लैजाने क्रममा एम्बुलेन्समा नै मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा आईसीयू बेड कुरेर दुई दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा बसेकी महिलालाई गत राति धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा लैजाने क्रममा एम्बुलेन्समा नै मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले रातोपाटीलाई जानकारी दिए ।
कोरोना संक्रमण देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी नवलपरासी सुनवल–४ की ७७ वर्षीय एक वृद्धा २ दिनदेखि आईसीयू बेड कुर्दै गर्दा गत राति मृत्यु भएको हो । उनलाई गत असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
ती वृद्धलाई सोही दिनदेखि नै आईसीयूमा राख्नुपर्ने भएपनि बेड अभावका कारण प्रादेशिक अस्पतालको फिभर क्लिनिक सेन्टरमा राखिएको थियो । बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोराना विशेष अस्पतालमा आइसीयू बेड खाली भएपछि बिरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मुटुको रोगी तथा रगतको कमी भएको अस्पतालले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि रुपन्देहीमा आईसीयू बेडको अभाव देखिएको छ । कोरोना विशष अस्पतालमा रहेका १६ वटा आईसीयू बेड खाली छैनन् भने अन्य साधारण बेडमा २५ जना विरामी रहेका अस्पतालले जनाएको छ । नवलपरासी ती महिला गत असोज २५ गते स्वास्थ्यमा समस्या भइ बुटवलको चौराहा अस्पतालमा भर्ना गरी रगत चढाइएका उनलाई थप समस्या भएपछि उनलाई २६ गते बिहान लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको थियो ।
त्यहाँ गरिएको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि फिभर क्लिनिकमा उपचार गरिएको थियो । बेड अभाव कारण कति एम्बुलेन्समा कति बुटवल रिफर गरेर दाग लैजाने क्रममा मृत्यु भएपनि बेड थप्ने विषयमा पहल भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण