शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाउने पायल घोषले ऋचा चड्डासँग अन्ततः माफी मागिन्

बिहीबार, २९ असोज २०७७, १० : ५४
बिहीबार, २९ असोज २०७७

अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाउने अभिनेत्री पायल घोषले अभिनेत्री ऋचा चड्डासँग माफी मागेकी छिन् ।

ऋचा चड्डाले पायल घोषलाई अनुराग कश्यपमाथि आरोप लगाउने क्रममा गलत तरिकाले उनको नाम लिएको भन्दै कानूनी नोटिस पठाएकी थिइन् ।

पायल घोषले आफ्नो आरोपमा ऋचा चड्डा, माही गिल र हुमा कुरैशीजस्ता अभिनेत्री उनीसँग (अनुराग कश्यप) सम्बन्ध स्थापित गर्नका लागि राजी भएका थिए र त्यस्तै आशा उनीहरुले आफूसँग पनि गरेको बताएकी थिइन् ।

ऋचा चड्डाले यी आरोपलाई निराधार बताउँदै २१ सेप्टेम्बरमा पायल घोषलाई कानूनी नोटिस पठाएकी थिइन् ।

 पायल घोषले अब यसको जवाफमा बम्बे हाइकोर्टमा माफीनाम दिएकी छिन् ।

यसअघि पायल घोषले सात अक्टोबरमा ट्वीटरमा लेखेकी थिइन्, ‘म चाहन्नँ कि यो मामिलामा अञ्जानमा उनको वा मेरो उत्पीडन होस् । न्यायका लागि मेरो लडाईं अनुराग कश्यपविरुद्ध हो र म पूर्ण रुपमा त्यसैमा ध्यान दिन चाहन्छु ।’

त्यसपछि उनले अर्को एउटा ट्वीट गरेकी थिइन् र स्पष्ट शब्दमा उनी कसैसँग पनि माफी नमाग्ने बताएकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘मैले कोहीविरुद्ध कुनै गलत बयानबाजी गरेको छैन । मैले त्यो मात्रै भनेकी हुँ जुन अनुराग कश्यपले मलाई भनेका थिए ।’

ऋचा चड्डासमेत अन्य अभिनेत्रीको नाम लिँदा पायलको निकै आलोचना भएको थियो । तर पायलले उनले अनुराग कश्यपले उनलाई जे भनेका थिए त्यो मात्रै बताएको भन्दै दोहोराइन् ।

एकातिर पायलले बिना शर्त माफी मागेको बताइएको छ भने अर्कोतर्फ पायलले आफ्नो ट्वीटर अकाउन्टमा एउटा पोस्टमा लेखेकी छिन्, ‘केही शर्तसहित दायर गरिएको सहमति पत्रलाई माननीय उच्च न्यायालयले स्विकार गर्दै अन्तिम रुप दिएको छ । न कसैको जीत भयो न कोही हार्यो नै ।’

समाचार एजेन्सी एएनआईका अनुसार सहमति शर्तमाथि हस्ताक्षरसहित बम्बे हाइकोर्टमा ऋचा चड्डाको तर्फबाट दायर गरिएको मानहानी केसलाई फिर्ता लिइएको छ ।

पायलले माफी मागेपछि बलिउडले के भन्यो ?

पायल घोषले ऋचा चड्डासँग माफी मागेकी छिन् तर अनुराग कश्यपमाथि उनले जुन आरोप लगाएकी छिन् त्यो अहिले पनि कानूनी दायरामा छ ।

यस्तै पायल घोष र ऋचा चड्डाबीच भएको यो ‘सहमति’ मा बलिउडका थुप्रै चर्चित मानिसहरुले आफ्नो प्रतिक्रिया दिएका छन् ।

फिल्म अभिनेत्री दिया मिर्जाले ट्वीट गरेकी छिन् ।

तपासी पन्नूले लेखेकी छिन्, ‘बिना शर्त माफी, केही कथित सर्तसहित । अब के भन्ने बहिनी... तर तपाईंले के लडाईं लड्नुभयो ?’

स्वरा भास्करले लेखेकी छिन्ः

अभिनेत्री पत्रलेखाले लेखेकी छिन्ः

अनुभव सिन्हाले पनि ट्वीट गरेका छन् र ऋचालाई सुपर गर्ल बताएका छन् ।

आफ्नो पहिलो भिडियोमा ऋचासमेत अन्य अभिनेत्रीको नाम लिएको र त्यसपछि माफी मागेपछि पायल घोषले अर्को एउटा भिडियो पोस्ट गरेकी छिन् ।

उक्त भिडियोमा पायलले पुरानै कुरा गरेकी छिन्, अनुराग कश्यपमाथि आरोप पनि पुरानै लगाएकी छिन् तर यसपटक उनले कुनै अभिनेत्रीको भने नाम लिएकी छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप