‘लक्ष्मी पूजा’को डान्सिङ नम्बर ‘फुर फुर पुतली’
काठमाडौं । कार्तिक ७ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत छ ।
गीतमा सलोन बस्नेत, रियाशा दाहाल, जयकिशन बस्नेत, अस्मिता जुरेलीलगायतको अभिनय देख्न सकिन्छ ।
गीतमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, गौतमराज खड्काको सम्पादन छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म समिर मियाँले निर्देशन गरेका हुन् ।
शोभित बस्नेतको निर्माण रहेको फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
निर्माता शोभितका अनुसार फिल्म डिसहोम, म्याक्स डिजिटल र नेट टिभीमा प्रदर्शन हुनेछ । जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण