अर्घाचाँची,रुपन्देही र बाँकेका ३ जनाको निधनः सघन उपचार कक्ष अभाव
रुपन्देही । बुटवलमा सघन उपचार कक्षका अभावमा कोरोना भाइरस सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सघन उपचार कक्ष बिरामीले भरिएका छन् । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा शय्या नपाएपछि दाङको बेलझुण्डी अस्पताल लैजाँदै गर्दा थप एक सङ्क्रमितको बाटामै मृत्यु भएको छ । अर्घाखाँची, भूमिकास्थान–९ का ७३ वर्षीय पुरुषको दाङ लैजाने क्रममा आज बिहान पौने ८ बजे बाटामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
अर्घाखाँचीबाट उपचारका लागि बुटवल आएका पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा गत मङ्गलबार रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनको बुटवलमा सघन उपचार कक्ष शय्या नपाइएका कारण मृत्यु भएको छ । सङ्क्रमित पुरुषको स्वास्थ्यमा गए राति थप समस्या देखिएपछि अस्पतालले बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो ।
यसैगरी बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया रहेको अस्पतालले जनाएको छ । यही असोज २१ गते अस्पताल भर्ना भएकी महिलाको आज बिहान सवा ९ बजे मृत्यु भएको डा.गौतमले जानकारी दिए । उनमा असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महिलामा ज्वरो, दमलगायत समस्या रहेको अस्पतालको भनाइ छ ।
नेपालगञ्ज- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यहाँस्थत भेरी अस्पताल उपचाररत बाँके जानकी गाउँपालिका—६ प्रजातिपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।
श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि पुरुषलाई असोज १० गते साँझ अस्पतालको प्रि–आइसोलेशन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो । सङ्क्रमितको श्वासप्रश्वासमा समस्या भएपछि उनको रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापीलगायत उपचारका सबै पद्धति अपनाउँदासमेत बचाउन नसकिएको जनाइएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र भेरी अस्पतालको समन्वयम शव व्यवस्थापन गरिएको छ । यसैबीच बाँकेमा आजै थप ६४ कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् । यससँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार ९६३ पुगेको श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बाँकेमा कोराना सङ्क्रमितको निको हुने दर ७६.८६ प्रतिशत छ । अब जिल्लाका विभिन्न आइसोलेशनमा ५६५ सङ्क्रमित छन् । बाँकेमा अहिलेसम्म दुई हजार ५५४ जनामा कोरोना पुष्टि भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण