गुण्डा नाइके विकास पुन पक्राउ
घोराही । गुण्डा नाइके विकास पुन फेरि पक्राउ परेका छन् । पुनलाई घोराही रतनपुरस्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो । चेकिङका क्रममा अभद्र व्यवहार गरेर भागेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पुनलाई पक्राउ गरेको हो ।
पुन अहिले प्रहरीको हिरासत कक्षमा छन् । उनलाई यसअघि ज्यान मार्ने उद्योेग अन्तरगतमा मुद्दा चलिरहेको छ । दाङ देउखुरी जिल्ला अदालतले ज्यान मार्ने उद्योेग मुद्दामा ५ वर्ष कैद सजाय तोकेपनि पुनको सर्वोच्चमा मुद्दा चलिरहेको छ ।
प्रहरीमा रहेको पूरानो रेकर्डमा उनी विभिन्न्न आपराधिक घटनामा पक्राउ पर्दै छुट्दै आएका छन् । प्रहरी चेकिङका क्रममा अभद्र व्यवहार गरेपछि पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । उनलाई थुनुवा कक्षमा राखेर घटनाको अनुसन्धान भइरहेकोे चन्दले बताए । एसपी चन्दले जस्तोसुकै गुण्डागर्दीलाई पनि नियन्त्रणमा ल्याएर छाड्ने चेतावनी दिए । प्रहरीकाअनुसार पुनको ब्याकग्राउण्ड आपराधिक रहेको देखिएको छ ।
तत्कालीन दाङका एसपी धिरजप्रताप सिंहले दाङमा गुण्डागर्दी पुरै नियन्त्रण गरेका थिए । यसअघि पनि दाङ प्रहरीले मिटर ब्याजकै आरोपमा घोराहीबाट पुर्णबहादुर पुन (बाबुलाई) पक्राउ गरेर मुद्दा चलाएको थियो । अहिले पक्राउ परेका विकास पुनलाई भने ढुङ्गगा, गिट्टी र बालुवा तस्करी काण्डमा स्थानीयवासीले देउखुरीमा खोलाबाट लखेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण