अभिनेता भुवनलाई ‘एभरग्रिन फेसन आइकन’ सम्मान
काठमाडौं । अभिनेता, निर्माता, निर्देशन भुवन केसी ‘एभरग्रिन फेसन आइकन’ अवार्डबाट सम्मानित भएका छन् । सौन्दर्य र फेसन क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गर्न पेजेन्ट नेपाल इन्टरनेशनले आयोजना गरेको एक कार्यक्रममा भुवन यो अवार्डबाट सम्मानित भएका हुन् ।
फिल्म क्षेत्रमा सदावहार अभिनेताको रुपमा परिचित भुवनको फेसन समेत लोभलाग्दो हुने गर्दछ । उनको फेसन प्रतिको सजकतालाई अध्यनजर गरेर अवार्ड दिइएको पेजेन्ट नेपाल अध्यक्ष दिक्पाल कार्कीले बताए । ‘४ दशक लामो कलाकारिताको यात्रामा भुवन सधै टिकटक भएर हिँड्ने अभिनेता हुन् । उमेरले ६० वर्ष नाघिसके पनि उनको फेसन सेन्स भने अहिले पनि जवानको भन्दा कम छैन’ कार्कीले थपे ।
पछिल्लो समय फिल्म अभिनय कम र निर्माणमा बढी समय बिताउने गरेका उनी युवास्टार अभिनेता अनमोल केसीका बुबा हुन् । फिल्मकर्मी तथा दर्शकहरु माझ पनि ‘फेसन आइकन’ को रुपमा चिनिने उनी केही अगाडि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँगको बिवादका कारण चर्चामा छाएका थिए ।
कार्यक्रममा अभिनेता भुवन केसीले अवार्डले आफूलाई अत्यन्त हर्षित र थप उत्साहित बनाएको बताए । यसवर्ष भुवनलाई दिइएको अवार्ड गत वर्ष अभिनेत्री करिश्मा मानन्धरले पाएकी थिइन् । कार्यक्रममा पेजेन्ट नेपालले सौदर्य क्षेत्र र फेसन क्षेत्रका करिव तीन दर्जन ब्यक्तिहरुलाई सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण