शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाका धार्मिकस्थलहरुमा निषेधाज्ञा जारी

शुक्रबार, ३० असोज २०७७, १८ : ५८
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाभित्रका मन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समिति र डिसीसीएमसीको बैठकले मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा जारी सर्कुलरअनुसार जिल्ला भित्रका मन्दिर र शक्ति पीठहरुमा असोज ३० गते राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

विज्ञप्तिमा जिल्लाभरी संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । प्रशासन कार्यालयले मन्दिर र शक्तिपीठहरुमा भीड नगरिदिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप