आस्था राउतको ‘यानी माया’ सार्वजनिक
शनिबार, ०१ कात्तिक २०७७, १६ : ३८
काठमाडौं । गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा महाराज थापाले एरेन्ज गरेका हुन् ।
कविता नेपाली, गौरभ बिष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको भिडियोमा एन्जिमा लामाको कोरियोग्राफी रहेको छ । वरिष्ठ लोकगायक हरि बहादुर राउत र म्युजिक नेपालको संयुक्त लगानीमा तयार भएको ‘यानी माया’को भिडियो निर्देशन, छायांकन र सम्पादन हिमालयन इन्फ्रा टिमले गरेको छ ।
नेपाली सांगीतिक बजारमा फरक पहिचान कायम गरेकी आस्थाको केही समय अघि ‘फाट्यो नी माइतीको चिनो’ बोलको गीत सार्वजनिक भएको थियो । ‘यानी माया’ युवा पुस्तालाई मनपर्ने गीत बनेको आस्थाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण