कोरोना संक्रमित राप्रपाका अध्यक्ष कमल थापा आइसियूमा
काठमाडौं । कोभिड १९ (कोरोना) संक्रमण भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा ओम अस्पताल भर्ना भएका छन् । अध्यक्ष थापालाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रस्वासमा समेत केही असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको ओम अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । अध्यक्ष थापाको अहिले ओम अस्पतालको आइसियु कक्षमा राखेर उपचार भैरहेको छ ।
उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा.विश्वनाथ कोईराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिष्ट डा.सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । गत वुधबार स्वास्थ्य परीक्षण गर्दा अध्यक्ष थापामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण