शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभापतिका आकांक्षीको नाडी छाम्दै सिटौला

सिटौलालाई होच्याएको केही दिनमै शेखरले सिटौलाकै ढोका ढक्ढक्याए
आइतबार, ०२ कात्तिक २०७७, ०८ : ३६
आइतबार, ०२ कात्तिक २०७७

काठमाडौं । कोरोना महामारीले नेपाली काँग्रेसमा महाधिवेशनका गतिविधि ‘आइसोलेट’ भए पनि सभापतिका आकांक्षीहरु आफ्नो पक्षमा रणनीति बनाउन तथा राजनीतिक भेटवार्तामा व्यस्त भइरहेकै छन् ।

असोजको अन्तिम साता सभापतिका आकांक्षी डा. शेखर कोइरालाले पार्टीमा तेस्रो समूहका नेता कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरेको तथ्य प्रकाशमा आएको छ । सिटौला र शेखरको भेटवार्तालाई निकै चासोका साथ लिइएको छ । किनभने केही अघि डा. कोइरालाले पार्टीमा निर्णायक र वैचारिक हिसाबले सिटौलाको समूह निरीह रहेको टिप्पणी गरेका थिए ।

सिटौलालाई धेरै महत्त्व दिन आवश्यक नभएको आशय व्यक्त गर्दै उनले सिटौलाले हस्ताक्षर नगर्दैमा केही नहुने जिकिरसमेत गरेका थिए । ‘सिटौलाजीले हस्ताक्षर नगर्दैमा केही हुन्छ र ? उहाँले जोसँग सहकार्य गर्न चाहनुहुन्छ, त्यसैसँग गर्न दिउँ न, हामीले किन धेरै चिन्ता लिएको ?,’ शेखरको भनाइ थियो ।

सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको मोर्चाबन्दीमा सिटौलाले साथ नदिएपछि १२ असोजमा डा. कोइरालाले यस्तो टिप्पणी गरेका थिए । एक कार्यक्रममा कोइरालाले भनेका थिए, ‘उहाँहरु (सिटौला समूह) आफूलाई वैचारिक समूह भन्नुहुन्छ, त्यस्तो हो कि होइन, व्यवहारमा देखिन्छ नि !’

सिटौलालाई धेरै महत्त्व दिन आवश्यक नभएको आशय व्यक्त गर्दै उनले सिटौलाले हस्ताक्षर नगर्दैमा केही नहुने जिकिरसमेत गरेका थिए । ‘सिटौलाजीले हस्ताक्षर नगर्दैमा केही हुन्छ र ? उहाँले जोसँग सहकार्य गर्न चाहनुहुन्छ, त्यसैसँग गर्न दिउँ न, हामीले किन धेरै चिन्ता लिएको ?,’ शेखरको भनाइ थियो ।

त्यतिबेला पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गराउन लागेको विरोधपत्रमा सिटौलाको असहमति रहेपछि शेखरले उक्त टिप्पणी गरेका थिए ।

सभापति देउवाका पछिल्ला गतिविधिविरुद्ध पौडेल पक्षले आइतबार केन्द्रीय कार्यालयमा सामूहिक हस्ताक्षरसहित विरोधपत्र दर्ता गराउन खोजेको थियो । तर सिटौलाले हस्ताक्षर गर्न मानेनन् । केन्द्रीय विभागको गठन र त्यसमा भइरहेको मनोनयन, क्रियाशील सदस्यताको वितरण र नवीकरण, पार्टी संरचनाको समायोजनलगायतका मुद्दा विरोधपत्रमा समावेश थिए ।

सभापति देउवाले महाधिवेशनलाई आफ्नो पक्षमा पार्न यी विषयमा विधानविपरीत निर्णय गराएको पौडेल पक्षको आरोप थियो । तर सिटौला समूह ती विषयमा कसैको पक्षमा उभिएन । आसन्न महाधिवेशमा सिटौला समूहको भूमिका के हुन्छ र संस्थापन तथा पौडेल पक्षमध्ये कोसँग गठबन्धन गर्ला भन्नेजस्ता अड्कलवाजी भइरहेका समयमा डा. कोइरालाले त्यस्तो भनाइ व्यक्त गरेका थिए ।

शेखरले सिटौलाप्रति लक्षित गर्दै भनेका थिए, ‘कसैकसैलाई वैचारिक समूह हो भन्दै गुट बनाउन मजा आउने गरेको छ ।’ उनले आफू त्यस्तो काममा नरहेको पनि दावी गरेका थिए ।

शेखरको उक्त टिप्पणीप्रति सिटौलाको चित्त दुखाइ थियो । सिटौलाले १२ असोजमा रातोपाटीसँगको औपचारिक कुराकानीमा कसैले आफ्नो हैसियतमाथि प्रश्न उठाए पनि आफू पार्टीभित्र ‘ध्रुवतारा’ भएको जिकिर गरेका थिए ।

सिटौला निकट स्रोत भने शेखरको पछिल्लो टिप्पणीमा सिटौलाको चित्तदुखाइ रहेकोले मन माझामाझका लागि भेटवार्ता भएको बताउँछ । शेखरले भेटमा जिब्रो चिप्लिँदा उक्त कुरा फुत्किएको सुनाएको स्रोतको भनाइ छ ।

आफ्नो अभिव्यक्तिबाट सिटौला चिढिएको सुइँको पाएपछि शेखर कोइराला केही दिनअघि सिटौला निवास चण्डोल पुगेको बुझिएको छ । सिटौलाले पनि केही दिनअघि शेखर कोइराला आफूलाई भेट्न निवासमा आएको पुष्टि गरे । तर भेटवार्तामा के कुराकानी भयो भन्ने खुलाउन चाहेनन् ।

सिटौला निकट स्रोत भने शेखरको पछिल्लो टिप्पणीमा सिटौलाको चित्तदुखाइ रहेकोले मन माझामाझका लागि भेटवार्ता भएको बताउँछ । शेखरले भेटमा जिब्रो चिप्लिँदा उक्त कुरा फुत्किएको सुनाएको स्रोतको भनाइ छ ।

भेटवार्ताका क्रममा पार्टीको १४ औं महाधिवेशनको निष्पक्षता र ग्यारेन्टीका लागि नेताहरु गम्भीर हुनुपर्ने बेला आएको प्रष्ट पारेका थिए । यस विषयमा आफू सिरियस रहेको भन्दै डा. कोइरालाले पार्टी सभापति नै महाधिवेशन नगर्ने मनसायमा रहेको आरोप लगाएका थिए ।

स्रोतका अनुसार महाधिवेशनको ग्यारेन्टीका लागि सबै एक ठाउँमा आएर दबाब दिनुको विकल्प नभएको उनको भनाइ थियो । उनले वर्तमान सभापतिबाट पार्टी नसक्ने भन्दै विवेक पुर्याएर निर्णय लिने बेला आएको बताएका थिए ।

भेटमा दुवैजनाले आपसमा सभापतिको दाबेदारी प्रस्तुत गर्दै प्रदेश अधिवेशनपछि मात्र समीकरणका विषयमा प्रवेश गर्न सकिने मत राखेको स्रोतले बतायो । उनीहरुबीच थप विषयमा कुराकानी नभएको स्रोतको दाबी छ ।

आफ्नै ल्याकतले पार्टी नेतृत्वमा पुग्न नसकिनेमा जानकार सिटौला पार्टीका कयौंले सार्वजनिक रुपमा सभापतिमा दाबेदारी प्रस्तुत गर्दा पनि मौन नै देखिन्छन् । सबै आकांक्षीका नाडी–नसा छामेरमात्र आफ्नो रणनीति तय गर्ने सिटौलाको मनयास देखिन्छ ।

गृहजिल्ला झापाको लामो बसाइ सकेर असोजको पहिलो साता काठमाडौं आएका सिटौलाले सभापतिका आकांक्षीको मन छाम्ने काम गरिरहेको बुझिएको छ ।

आफ्नै ल्याकतले पार्टी नेतृत्वमा पुग्न नसकिनेमा जानकार सिटौला पार्टीका कयौंले सार्वजनिक रुपमा सभापतिमा दाबेदारी प्रस्तुत गर्दा पनि मौन नै देखिन्छन् । सबै आकांक्षीका नाडी–नसा छामेरमात्र आफ्नो रणनीति तय गर्ने सिटौलाको मनयास देखिन्छ ।

सुरुमा उनी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । सिटौलाले देउवा हरहालतमा फेरि सभापतिमा उम्मेदवारी दिने मुडमा रहेको पाएलगत्तै दोस्रो दिन वरिष्ठ नेता पौडलको निवास बोहोराटार पुगे । उनले पौडेललाई पनि सभापतिको रेसभन्दा बाहिर पाएनन् ।

त्यसपछि सिटौलाको भेट उपसभापति विमलेन्द्र निधिसँग भयो । सिटौला निवासमै भएको भेटमा निधिले जस्तोसुकै अवस्थामा पनि उम्मेदवारी दिने बताए । शेखरले पनि यसपटक सभापति बाहेकमा सम्झौता गर्न नसकिने संकेत देखाएको बुझिएको छ ।

संस्थापन इतर समूहमा पौडेल, प्रकाशमान सिंह, शेखर र शशांक कोइरालामा पार्टी नेतृत्वमा पुग्ने उत्कट आकांक्षा देखिन्छ ।

देउवा र पौडेल समूहमा आफ्नो नेतृत्वको स्वीकार्यता नहुने अवस्थामा निधि, शेखर र सिटौला एक ठाउँमा उभिन सक्ने सम्भावना रहेको चर्चा पनि काँग्रेसभित्र हुने गरेको छ । निधि र सिटौलाको भेटवार्तापछि शेखर र सिटौला संवादमा जोडिनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

सभापति बन्ने कसरतमा शेखरले १३ औं महाधिवेशनपछि ७७ वटै जिल्लामा कार्यकर्तासँग भेटघाट गरिसकेको अवस्था छ । सिटौला पनि शक्ति संचयमा जुटेको पाइन्छ ।

यता निधिले पनि पार्टीको विभिन्न फोरम प्रयोग गरेर आफ्नो पक्षमा माहोल खडा गरिरहेको देखिन्छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई त्यसका लागि उनले भरपुर उपयोग गरेको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप