प्रदेशसभा सदस्य भट्ट र जनप्रतिनिधिसहित पाँच जनामा कोरोना संक्रमण
बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो ।
स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताए । उनले भने, “गत असोज २५ गतेदेखि होम क्वारेन्टिनमा रहेका बेला रुघाखोकीका लक्षण देखिएपछि परीक्षण गराएको हुँ, कोरोना पुष्टि भए पनि अहिले पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”
आफू अहिले सदरमुकामस्थित गढीमा रहेको घरमै होम आइसोलेसनमा बसिरहेको प्रदेशसभा सदस्य भट्टले बताए ।
गत असोज १३ गते प्रदेश राजधानी कैलालीबाट फर्किनुभएका प्रदेशसभा सदस्य भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका थिए । उनका गाडी चालकको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
वडाअध्यमा पनि कोरोना सङ्क्रमण
यसैबीच जिल्लामा जनप्रतिनिधिसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा पाटन नगरपालिकास्थित एक वडाध्यक्षसहित दुई जनप्रतिनिधि, पाटनकै अन्य दुई जनामा कोरोना पुष्टि भएको हो । वडा नं ३ का ६० वर्षीय पुरुष, वडा नं ५ का ३९ वर्षीय महिला, वडा नं ३ का ३० वर्षीय पुरुष र वडा नं ३ कै १२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
जनप्रतिनिधि र १२ वर्षीय पुरुषको कुनै ट्राभल हिस्ट्री नभएको र ३० वर्षीय पुरुष भने काठमाडौँबाट फर्किएका रहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।
कोरोना पुष्टि हुने सबै होम क्वारेन्टिनमा रहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका वडा नं ४ का २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण उनीहरु सबैमा कोरोना पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण