नवरात्रिको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा आरधाना गरिँदै
एजेन्सी – हिजो (कात्तिक १) गते घटस्थापनाको दिनबाट नवरात्रि सुरु भएको छ । आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन गरिन्छ । माता ब्रह्मचारिणीको पूजा आराधना गर्दा शक्ति बढ्ने विश्वास गरिन्छ ।
शास्त्रका उल्लेख भएअनुसार माता दुर्गाले पार्वतीको रुपमा पर्वतराजकी पुत्री बनेर जन्म लिएर महर्षि नारदको सल्लाहमा भगवान महादेवलाई पतिको रुपमा पाउन कठोर तपस्या गरेकी थिइन् । हजारौँ वर्षको कठोर तपस्यापछि उनको नाम तपश्चारिणी (ब्रह्मचारिणी) नाम रहन गएको थियो ।
माता ब्रह्मचारिणी दायाँ हातमा माला र बायाँ हातमा कमण्डलु लिएको स्वरुपमा रहन्छिन् ।
माता ब्रह्मचारिणीले जीवनमा बिना परिश्रम, तपस्या सफलता प्राप्त गर्न असम्भव हुन्छ भन्ने सन्देश दिन्छिन् । बिना परिश्रम सफलता प्राप्त गर्नु भगवान्को नियमविपरित हुने धर्ममा उल्लेख छ ।
त्यसैले, ब्रह्मशक्ति अर्थात कडा परिश्रम गर्नुपर्छ भन्ने कुराको स्मरण गर्नुपर्छ । योग–शास्त्रमा यो स्वाधिष्ठानमा रहन्छ । जसले कठोर परिश्रम गर्छ । त्यही व्यक्ति बलवान र सर्वत्र पुजिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण