आखिर किन दिल्लीका केटाहरुले शाहरुख खानलाई कुटेका थिए
बलिउडका सुपरस्टार शाहरुख खानको संसारभरी फ्यान फओविङ धेरै नै छन् । यद्यपि, के तपाईंलाई थाहा छ कि एकपटक दिल्लीका केटाहरुले शाहरुख खानलाई कुटेका थिए । एउटी युवतीलाई आफ्नी प्रेमिका भनेकोमा शाहरुख खानले कुटाइ खाएका थिए ।
युवतीलाई भनिदिए प्रेमिकाः
शाहरुख खानले कपिल शर्माको च्याट शोमा यसबारे जानकारी दिएका छन् । उनले भनेका थिए, ‘एकपटक म एक युवतीलाई डेट गरिरहेको थिएँ, त्यति नै बेला ती युवतीलाई आफ्नी प्रेमिका भन्दा केही केटाहरुले मलाई कुटेका थिए । केटाहरुले ती युवती मेरी प्रेमिका नभई मेरी भाउजु भएको बताउँदै मलाई कुटेका थिए ।’
अब गौरीलाई भाउजु भन्छन् शाहरुखः
शाहरुख खानले घटनाबारे कुरा गर्दै उनी आज पनि आफ्नी श्रीमतीसँग दिल्ली जाँदा उनलाई भाउजु भन्ने गरेको बताए । दिल्ली जाँदा कसैले गौरीबारे सोध्दा उनी उनको परिचय भाउजुको रुपमा दिन्छन् ।
शाहरुख खानको फिल्मः
वर्कफ्रन्टको कुरा गर्ने हो भने शाहरुख खान अन्तिम पटक निर्देशक आनन्द एल रायको फिल्म ‘जिरो’ मा कट्रिना कैफ र अनुष्का शर्मासँग देखिएका थिए । शाहरुख खान अब निर्देशक राजकुमार हिरानीको फिल्ममा दखिने बताइएको छ । यद्यपि, अहिले नै यसको आधिकारिक घोषणा भने भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण