नवाज शरिफका ज्वाईं क्याप्टेन सरफदार पक्राउ
पाकिस्तान मुस्लिम लीग –नवाज) (पीएमएल–एन) की नेता मरियम नवाजले उनको श्रीमान् पक्राउ परेको जानकारी दिएकी छिन् ।
मरियमले स्थानीय प्रहरीले कराँचीमा उनी बसेको होटलको कोठामा घुसेर उनका श्रीमान् क्याप्टेन (अवकाशप्राप्त) सफदारलाई पक्राउ गरेको दाबी गरेकी छिन् ।
एफआईआरमा कायद–ए–आजमको मजारमा सरकारी सम्पत्तिमाथि क्षती पुर्याएको आरोपमा क्याप्टेन सफदर र मरियम नवाजसहित २ सय व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
यसबाहेक एफआईआरमा मोहम्मद अली जिन्नाको समाधि स्थलको अपमान गरेको पनि आरोप लगाइएको छ ।
क्याप्टेन सफदरलाई ब्रिगेड पुलिस स्टेशनमा सिफ्ट गरिएको छ । यो मुद्दा वकास अहमद खान नामका व्यक्तिको ऊजुरीमा दर्ता गरिएको हो ।
यो सम्बन्धमा मरियम नवाजले एउटा भिडियो पनि रिट्वीट गरेकी छिन् जसमा होटलमा उनको कोठामा ‘तोडफाड’ गरिएको दाबी गरिएको छ ।
यसअघि आइतबार सरकार विरोधी ११ पार्टीको गठबन्धन, पीडीएमको एक सभा कराँचीको जिन्ना बागमा आयोजना गरिएको थियो । मरियम नवाज र क्याप्टेन सफदर यसै सभाका लागि कराँचीमा उपस्थित थिए ।
पाकिस्तानका केन्द्रीय मन्त्री चौधरी फवाद हुसैनेले ट्वीट गरेका छन्, ‘क्याप्टेन सफदरको गिरफ्तारी कानूनको सम्मानको एउटा उदाहरण हो ।’
उनले लेखे, ‘कायद–ए–आजम मोहम्मद अली जिन्नाको समाधि स्थल घटिया राजीतिक नेतृत्वको खेलको मैदान होइन । यो हरेक पाकिस्तानीका लागि एक पवित्र स्थान हो । कायद–ए–आजमको समाधि स्थलमा नाराबाजी र गैर–जिम्मेवारीयुक्त व्यवहार कानूनविरुद्ध हो । यसका लागि सजाय हुनैपर्छ ।’
स्मरण रहोस्, मरियम शरिफ पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण