मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्टको उपाधि निर्जनालाई
काठमाडौं । सिजन मिडियाद्वारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगितामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता भएकी छिन् । उनले नेपाली गीतमा नृत्य गरेकी थिइन् भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो भएकी छिन् उनी नाटक विधामा सहभागी भएकी थिइन् । त्यसैगरी तृतिय स्थान अनिला वन्तले हात पार्न सफल भएकी छिन् ।
उनी पनि नृत्य विधामा सहभागी भएकी थिइन् । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकाश अधिकारी, वरिष्ठ सौन्दर्यविद सिता न्यौपाने, कर्पोरेट चिफ कुमार चालिसे, नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद वाँनिया रहेका थिए । नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो उक्त कार्यक्रममा अन्तिम छनौटमा २४ जना प्रतियोगीहरु सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा महिलाहरुको आफ्नो आन्तरिक कलाहरु जस्तै एक्टिङ कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदि विषयमा प्रतियोगीले १ मिनेटदेखि ३ मिनेटसम्मको भिडियो बनाएर पठाएका थिए र उक्त भिडियो छनोट पछि सिजन मिडियाको अफिसियल फेसबुकमार्फत सार्वजनिक गरिएको थियो भने मूल्याङकनका लागि लाइक सेयरको आधारमा २५ प्रतिशत नम्बर अनलाइन र एसएमएस भोटिङबाट ५० प्रतिशत नम्बर र निर्णायक मण्डलको मूल्याङ्कनबाट २५ प्रतिशत गरि विजेता छनोट गरिएको हो ।
विजेताहरुलाई २०७७ सालको दशैंपछि लगत्तै पुस्कार वितरण तथा सम्मान गरिने आयोजक सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए । प्रतियोगिताका विजेताले “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को ताजसहित फ्रिज, द्धितिय हुनेले टिभी र तृतिय हुनेले भ्याकुप क्लीनर प्राप्त गर्नेछन भने ५ जना प्रतियोगीलाई सान्वना पुरस्कार स्वरुप टेवल घडि प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण